Wednesday, May 27News That Matters

६ केजी सुनसहित १ भारतीय नागरिक पक्राउ

पूर्णपुष्टि, फागुन २० गते । 

भारतीय एक नागरीकलाई मकवानपुरबाट छ केजी सुनसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसमा सवार भारत कर्नाट निबासी ४२ वर्षीय अब्दुल मजिद अनेकललाई हटौँडा–रातोमाटेबाट पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत रातोमाटेमा बसलाई चेकजाँच गर्ने क्रममा सोही बसमा सवार अनेकलको साथबाट छ केजी सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त बरामद भएको सुन नेपाली बजार मूल्य अनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अनेकललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।