
पूर्णपुष्टि, चैत २७
सात वर्षीया बालिका जर्बजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले बालिकालाई करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
