पूर्णपुष्टि, मंसिर १ गते ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ । सो स्थानमा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीय कमला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ६५ जनालाई ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
