Saturday, May 2News That Matters

९ वर्षीया बालिका खोलामा डुबी बेपत्ता

पूर्णपुष्टि, असार २२

सुनसरीमा ९ वर्षीया बालिका खोलामा डुबी बेपत्ता भएकी छन् । बर्जु गाँउपालिका–५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी भारत बसमतिया घर भई हाल सितागंज बस्ने जिबीका यादब हिजो बेलुका साढे ५ बजे खोलामा डुबी बेपता भएकी हुन् ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटि गई खोजतालस भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।