Wednesday, May 6News That Matters

अक्टुवरसम्म बेलायतको संसद निलम्बित

भदौ १२ गते ।

बेलायत सरकारले संसद निलम्बन गर्ने सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरेकी छन् । आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि प्रधानमन्त्री बोरिस जोन्सनले महारानी समक्ष पेश गरेको थियो ।

सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि कुनै सम्झौता विना बेलायत ३१ अक्टुबरमा युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ । संसद नै निलम्बन हुने भएकाले त्यसबारे संदनमा कुनै प्रकारको बहस हुने छैन ।

सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्ने लगायतका विधेयकहरु अब निष्कृय हुनेछन् । सम्झौता विना ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले केहि आलोचना गरेका छन् ।

सरकारको यो कदमलाई सत्ताधारी टोरी पार्टीले समेत अपमानजनक भनेको छ । संसद निलम्बनको निर्णयले यस नेतृत्वको सरकार खस्किने चेतावनी दिएका छन् ।

ब्रेक्जिटबारे पर्याप्त छलफल र बहस गर्ने समयसमेत अभाव हुने आलोचकहरुको भनाइ छ । तर जोनसनले त्यसलाई नकार्दै भनेका छन्( संसद भंग भएपछि १४ अक्टुबरमा महारानीको सम्बोधन हुने छ, जसमा एक रोमान्चक एजेण्डाको रुपरेखा हुने छ ।