Tuesday, April 21News That Matters

अख्तियारका थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन २२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार गरिएको ८० जनाको परीक्षण परिक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेका छन् ।

यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाण्डौमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पीसीआर परीक्षण गरेको थियो ।