
उदयपुर, साउन २७ गते ।
अख्तियार प्रमुखलाई सुसाईड नोट लेख्दै उदयपुरमा एक पूर्व कर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ६० वर्षिय हरी आचार्यले अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाईड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सनिबार हराएका आचार्य आइतबार विहान त्रिनपा ९ को रातमाटे जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थियो । उनको खोजीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा प्रहरीले सासाईड नोट फेला पारेको थियो ।
मालपोत कार्यालय, कलंकीमा नायव सुब्बामा कार्यरत हुँदा ९२ रोपनी जग्गा किर्तेगरी ब्यक्तिको नाममा पारेको उनलाई आरोप थियो । अदालतबाट मुद्दा खारेजी भईसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको आसय सुसाईडनोटमा ब्यक्त गरेका छन् । उनी गत शनिबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दाको विषयमा काठमाडौं पुगेर घर आएका थिए ।
“सतिले सरापेको देश रहेछ, मैले दुई पैसा आएको छैन तर, देशको ठूलो भ्रष्टचारी भएँ । अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको आयु २०० वर्ष होस् । म जस्ता निर्दोष विशेष अदालतमा मुद्दा छ ।” सुसाईड नोटमा लेखिएको छ ।
उनले व्यक्तिगत र पारिवारिक कुरा पनि लेखेका छन् । “आप्mनो नाममा पुरान लाउने काम नगर्नु र नउक्साउनु । मलाई सबैले राम्रो देख्लान तर, पारिवारिक वातावरण मिलाउन सकिन । कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो । स्विकार गरी सकेको थिए । ममिले छोराहरुसंग र सासुसंग मिलेर बस्नु र छोराले पनि ममिको राम्रो गर्नु । म विदा भए । खातामा पैसा छन्, श्रमिती केही जान्दिन, साथीभाइले मनैले सहयोग गर्नु” नोटमा लेखिएको छ “ निजामती कर्मचारी संगठन उदयपुरका साथीहरुले मेरोयोगदानको कदर गर्दै सहयोग गरिदिनु ।” तीन पाना सुसाईड नोटमा उनले छोराको पढाई, बैंक खाता, गाईबस्तु लगायतमा विषयमा पनि लेखेका छन् ।
