Friday, June 12News That Matters

अजरबैजान र अर्मेनियाबीच अस्थायी युद्धविरामको सहमति

पूर्णपुष्टि, असोज २४

अजरबैजान र अर्मेनीयाबीच अस्थायी युद्धविराम गर्ने सहमति भएको छ ।
रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश युद्धविराम गर्न सहमत भएको अन्तारष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

अब दुवै देशले ठोस छलफल गर्ने छन् । दुई हप्तादेखि चलिरहेको युद्धका कारण ३ सय जना भन्दा धेरैको मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएको जनाईएको छ ।

विवादित नागोर्नो कारावाख क्षेत्रको नियन्त्रणलाई लिएर आर्मेनिया र अजरबैजानबीच लडाइँ भइरहेको थियो ।