Saturday, July 18News That Matters

अज्ञात समूहले चलाएको गोली लागेर १ जना घाइते

पूर्णपुष्टि, चैत १९

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएको छ ।

औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले कोइरालामाथि गोली प्रहार गर्दा एउटा गोली हातमा र अर्काे कोखामा लागेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा गतराति करिब साढे ७ बजे गोली प्रहार भएका प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।