
उदयपुर/माघ, ४
अटो दुर्घटनमा खोटाङ जन्ते ढुङगा गाउँपालिका १ मैनाटारका वडा सदस्यको मृत्यु भएको छ । ३५ बर्षिय गणेश खड्काको उदयपुरको बेल्टारबाट घर जाने क्रममा अटो दुर्घटनामा परि घाईते भएको थियो । घाईते खड्काको शनिवार विहान बिपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
उदयपुरको चौदण्डी नगरपालिका बेल्टारबाट खोटाङतर्फ लागेको स १ ह ३२३७ नं को अटो चौदण्डीगढी १ बांशिलाघाटमा शुक्रबार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरिक्षक बुद्धिमान चौलागाईले बताउनु भयो ।
प्रहरीका अनुसार सदस्य आफैले चलाएका अटो सडकबाट १ सय ५० मिटर तल खसेको थियो । खड्का नेकपा माओवादी बाट निर्वाचित वडा सदस्य रहेको वडाअध्यक्ष केदारमान राईले बताउनुभयो ।
