Wednesday, May 27News That Matters

अटो दुर्घटनामा चालकको मृत्यु

सुनसरी, फाल्गुन १६ गते । 

सुनसरीको रामधुनीमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छे । रामधुनी नगरपालिका–१ सैनीमैनीमा अटो टेम्पो पल्टीएर दुर्घटना हुदा चालक नन्दराज खवासको मृत्यु भएको हो ।

गतराती ९ बजे सैनीमैनी स्थित भित्री सडक खण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ईनरुवा नगरपालिका–७ निबासी ३५ बर्षीय खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका खवासको उपचारको लागि ईटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।