Thursday, August 6News That Matters

अटो दुर्घटनामा नातिबाजेको मृत्यु

पूर्णपुष्टि, कार्तिक २७ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा अटो दुर्घटना हुँदा नातिबाजेको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथिभरा याङबरक गाउँपालिका–१ का ७५ बर्षीय धन बहादुर गुरुङ र ११ बर्षीय इशान गुरुङ रहेका छन् ।हिजो बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल खस्दा उनिहरुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।