Tuesday, June 9News That Matters

अदालतको ढिलो निर्णयका कारण देश दुई धुर्ब तर्फ बिभाजत हुदैछ : काँग्रेस नेता महर

पूर्णपुष्टि, पौष, २६

कांगे्रस नेता नैन सिंह महरले सर्वोच्च अदालतको ढिलो फैसालाले देश दुई धुर्ब तर्फ बिभाजित हुन लागेको बताउनभुयो भएको छ । नेपाल कम्युनिष्ट पार्टीको बिभाजन सँगै अहिले देश दुई दिसा तर्फ बिभाजनको संकेत दिखिएको उहाँले बताउनुभयो । अदालतको आलटाल निर्णयले के गर्ने भन्ने बिषयमा नेपाली जनता र दलहरु अलमलमा परेको उहाँले बताउनभुयो । पार्टीका केन्द्रीय सदस्य तथा नेवि संघको पूर्व केन्द्रिय सभापति समेत रहेका नेता महरले बिभाजित दुई पार्टीबिच के निर्णय भएको छ त्यो तत्काल सुनुवाई गर्न अदातलतलाई अनुरोध समेत गर्नुभयो ।

बिभाजित दुई पार्टीका बिचमा जनताका बिचमा सत्य तत्थ्य केहो र कुन पार्टी बैद्यानिक कुन पार्टी अबैद्यानिक र अबको निर्णय के हो भन्ने बारे अदालतले तत्काल फैसाला गर्ने हो भने आउने काम कार्वाहीका लागि तत्काल काम गर्न सकिने उहाँले बताउनुभयो ।

हाल देशमा भईरहेको राजनितिक घटनाले जनताहरुमा एउटा भ्रमयुक्त तरङग ल्याएको र यसको तत्काल समाधान गर्न अदालतले मात्र सक्ने भएकाले सत्य तथ्य निर्णयका साथ अदालतबाट चुनाव या संसद पूनस्थापन तत्काल सुनुवाई हुन जरुरी रहेको महरले बताउनुभयो ।

नेता महरले पहिलो प्राथामिका संसद पुनस्थापनानै रहेको बताउनुभयो । संविधान विपरित असबैधानिक संसद विघटनका कारण कानुनको खिल्ली उडाउने कार्य भएको भन्दै यसको पहिलो प्राथामिकता संसद पुनस्तापन रहेको बताउनुभयो ।

र दोस्रो बिकल्पको रुपमा निर्वाचन बाटै भएपनि फेरी संसदको स्थापना गर्नुनै पर्ने भएकोले सर्वोच्च अदालतबाट भने यसको तत्काल फैसाला हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

कम्युनिष्ट पार्टी बिभाजित भईएर देशमा बिभिन्न बाधा अर्चन आईराख्दा पनि अदालतले यसको फैसालाको समयलाई ढिलाई गरिरहेको महरले बताउनुभयो । अहिले दुवै पार्टी आफैलाई बैद्यानिक दिँदै आईरहेको छ । यो तरिकाले एउटै देशमा रहेका नेपाली जनताहरुलाई २ तर्फको आफसी समस्याले बिभाजित गर्नुका साथै देशलाई दुई ध्रुर्ब तफै जाँदै गरेको जनताहरुमा महसुस भएको उहाँले बताउनभुयो ।

उहाँले नेपाली कांग्रेसको हकमा भने संसद बिघटन पूर्ण असंवैधानिक रहेको पुष्टि पार्नु भएको छ । कांग्रेसले भने अदालतको फैसालालाई आधिकारिक मान्ने र आदालतको निष्पक्ष फैसालाको प्रतिक्षामा रहेको उहाँले बताउनुभयो ।