
पुस १९ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । लामो अन्यौलता अन्त्य गर्दै अनेरास्ववियू) ले तीन सय ३५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।
तत्कालीन एमाले निकट विद्यार्थी संगठनबाट एक सय ८० र तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीबाट एक सय ५५ जना गरी तीन सय ३५ जनाको हुने गरी केन्द्रीय समिति विस्तार गरीएको जनाईएको छ ।
त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय एक ११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने बैठकले निर्णय गरेको छ । संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी तीन वटा केन्द्रीय निकाय पनि गठन हुने विज्ञप्तिमा उल्लेख छ ।

