
पूणर्पुष्टि, भदौ १८
अन्तराष्ट्रिय कविता प्रतियोगितामा उदयपुरका युवा कवि जिवन राई (आरोहीले) दोस्रो स्थान हासिल गरेका छन् । । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा आरोही दोस्रो भएका हुन् ।
आरोही जिल्लामा राम्रो छवि बनाएका कवि हुन् । उनले कवितामा धेरै उपाधिहरु हात पारिसकेका छन् । यो भन्दा पहिले नै उनले राष्ट्रिय कविता प्रतियोगिताको प्रथम उपाधी समेत हात पारिसकेका छन् ।
वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी निणर्ययक रहेको सो प्रतियोगितामा २५० जति कविताहरू प्राप्त भएको जानकारी प्रतियोगिताका संयोजक एवं अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । ।

प्रतियोगितामा बिराटनगरकी राधीका गुँरागाई प्रथप भएकी छिन् । उनी कविता इन्द्रेणीको सपनाहरु शिर्षकको कविता बाट प्रथम भएकी हुन् । गुँरागाई प्रथम, आरोही द्धितिय, र झापाका केशव भट्टराई तृतिय भएका छन् । आरोहीको कविता निमन्त्रणा बाट द्धितिय भएका छन् भने भट्राई कविता पर्खाइ बाट तेस्रो भए ।
प्रतियोगिताको प्रथम पुरस्कार ५ सय यु.एस डलर, दोस्रो पुरस्कार ३ सय यु.एस डलर, तेस्रो पुरस्कार २ सय यु.एस डलर र चौँथो र पाँचौलाई १/१ सय यु.एस डलर रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारको रकम तीर्थराज अधिकारी, दोस्रोको भीमसेन सापकोटा, तेस्रोको लागि प्रकाश पौडेल माइला, चौथोको लागि गोवर्धन पूजा र पाँचौको लागि राजेन्द्र श्रेष्ठले प्रायोजन गरेका हुन् । सस्थाका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले यथाशिघ्र कार्यक्रमको आयोजना गरेर पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरिने जानकारी गराउनु भएको छ ।
