
पूणर्पुष्टि, पुष २
पछिल्लो समय समाजमा चेतनाहरु थुप्रै बढिरहेको छ । तर पनि सामाजिक अपाराधको चाप भने घट्न सकेको छैन । सामाजिक बिक्रि विसंगती न्युनिकरण्का लागि बिभिन्न चेतनामुलक कार्यक्रमहरु भएपनि अपराध रोकिएको छैन् ।
अपराधमुक्त समाजका लागि नगरदेखि घरघर सम्मको कार्यक्रमहरु बर्षेनी गर्दै आईरहेको भएपनि यस बिषयमा सम्बन्धित निकायहरु सँग कम छलफल भएको एक कार्यक्रमले उल्लेख गरेको छ ।
शुक्रबार त्रियुगा नगरपालिकाको आयोजनामा संगम पुस्तकालयको हलमा आयोजित कोरोना भाईरस नियन्त्रण तथा अपराधिक मुक्त समाजका लागि नगरदेखि घरघर सम्म सामुदायीक सचेतना कार्यक्रममा काम र कार्यन्वयन सम्बन्धि कुनै बहस नभएको कार्यक्रममा छलफल भएको छ ।
अपराधमुक्त समाजका लागि स्थानीय सरकार, प्रशासन, प्रहरी, नागरिक समाज, बालबालिका, विद्यालय लगाएतको आयोजना तथा समन्वयमा नगरदेखि घरघर सम्म कार्यक्रमहरु प्रत्येक बर्ष भईनै रहेको छ तर पनि यसको प्रभाव र सकरात्मक असर समाजमा अझै पर्न नसक्नुका कारण कार्यक्रम विषयक कम छलफल र वहस रहेको संगम पुस्तकालयले जनाएको छ ।
हिड्दै पाईला मेट्दै भने झै कार्यक्रम गर्यो सकियो, खोजि निति यसको असर प्रभाव समाजमा केछ, कार्यक्रमले सकरात्मक समाजका लागि के प्रभाव पार्यो, के सहयोग पुग्यो भन्ने बिषयमा कुनै बहस नहुँदा यस्ता सचेतना कार्यक्रमहरु समाजले सदुपयोग गर्न नसकेको कार्यक्रममा छलफल भएको छ ।
अपराधमुक्त समाजका लागि एक ठुलो माध्यमको रुपमा संगम पुस्तकालयले भुमिका खेल्न सक्ने पुस्तकालयका अध्यक्ष भरत खड्काले बताउनुभयो । समाजमा बिग्रिएका मान्छेलाई एकपटक अवसर दिएर सकरात्मक समाजतर्फ लम्काउन थुप्रै क्षेत्र माध्यमहरु मध्ये पुस्तकालय पनि एक महत्वपूणर् माध्यम बन्न सक्ने उहाँले बताउनुभयो ।
सामाजिक अपराधहरु बलत्कार, लैँङगिक हिंसा, महिला हिंसा, लागुऔषाध, बालबिबाह यी सबै क्षेत्रमा थुप्रै चेतनामुलक कामहरु भयो तर काम भएपछि यसको कार्यन्वयन र बहस भने कम भएको अध्यक्ष खड्काले बताउनुभयो ।
पुस्तकालयमा बिभिन्न सुचना विषयक पुस्तक र आफैमा शान्तिमय ज्ञान, सरस्वतीको बास भएको पवित्र ठाउँ रहेकाले पनि सकरात्मक समाजका लागि महत्वपूणर् स्थान रहेको बताउनुभयो ।
पुस्तकालय शान्तिमय र अध्यानमय क्षेत्र हो । कुनै पनि देशको विकास गर्नु पर्छ भने पहिले अध्यान गर्नु पर्छ त्यसका लागि पुस्तकालय विकासमा जोड गर्नु पर्ने खड्काले बताउनुभयो । नेपालमा पुस्तकालयलाई कुनै पनि सरकारले अहिले सम्म चासो नगरेको स्थानीय सरकारलेपनि चासो नदेखाएको बताउनुभयो ।
पुस्तकालयले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई समेत अध्यानशिल, चेतनशिल, बौद्धिक बनाउन मदत पुराउने भएकाले देश विकासमा यसले ठुलो भुमिका खेल्ने बताउनुभयो ।
आज विश्वका ठुला देशहरु जस्ले पुस्तकालयको विकास गर्दै इन्डिया, चाईना,अमेरिका जस्ता देशहरु बन्न सफल भएको उहाँले बताउनुभयो ।
अबको बजेट बाट स्थानीय सरकारले पुस्तकालयलाई पनि समेट्ने बताएका छन् । त्रियुगा नगरपालिका ११ नं वडाका अध्यक्ष विश्वराज भट्राईले यो बर्ष कम बजेटका कारण सबैलाई समेटन् नसकेकोे बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जिल्लामा थुप्रै अपराधिक गतिविधिहरु मौलाएको बताउनुभयो । बालबिवाह, लागुऔषाध, बलत्कार, महिला हिंसा जस्ता अपराध थुप्रै प्रहरीमा आएको उहाँले बताउनुभयो ।
उहाँले जबरजस्ती करणी मात्रै जिल्लामा २५ ओटा मुद्धा दर्ता भएको बताउनुभयो । त्यसमा १८ जना बालबालिका र ९ जना मात्र महिला रहेको बताउनुभयो । करणी केस ८० प्रतिसत आफन्त बाटै भएको र बाँकी १० प्रतिसत पनि चिने जानेका बाट भएको उहाँले बताउनुभयो । बालबालिका बढी जवरजस्ती करणीको सिकार भएको गौतमको भनाई छ । यसको कारण केटाकेटी बाहिर नजाने र त्यस्तो क्रियाकलापमा ध्यान नगर्ने हँुदा घरभित्रै बाट यो अपराध बढी हुने डिएसपी गौतमले बताउनुभयो ।
कार्यक्रममा कोरोना भाईरसको जोखिम अझै पनि हटिनसकेको हुँदा सर सफाई र यसबाट बच्न सुरक्षित हुन सबैमा अनुरोध गरिएको छ । बिषेश गरी सरसफाईमा ध्यान पुराउनु पर्ने भन्दै सरसफाईका तरिकाहरु पनि कार्यक्रममा सिकाईएका छन् ।
नागरिक समाज, प्रहरी, पत्रकार, विद्यार्थी, बालबालिका, अबिभावकहरुको संयुक्त उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो ।

