Tuesday, June 2News That Matters

अपहरण र हत्या आरोपमा प्रहरीमाथि मुद्दा दर्ता

पूर्णपुष्टि, चैत १

बेलायतमा एक प्रहरी अधिकारीमाथी अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।  लण्डन महानगर प्रहरीका प्रहरी ४८ वर्षका वायन कुजेन्समाथि ३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।

गत मार्च ३ तारिखदेखि सम्पर्कविहीन भएका एभरेड मृत अवस्थामा भेटिएकी थिइन् ।  एभरेडको हत्या आरोपमा प्रहरी जवान कुजेन्सलाई गत मंगलवार पक्राउ गरिएको थियो । हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

महिलाहरुले सुरक्षा दिने निकायबाट नै असुरक्षा बढेको भन्दै प्रदर्शन  गरिरहेको जनाईएको छ ।