Saturday, June 27News That Matters

अप्ठेरोमा राष्ट्र नै एक भयो : प्रधानमन्त्री ओली

पूर्णपुष्टि, जेठ २८ गते । 

आज प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गर्नुभएको छ ।

संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनु हुदै खुसी व्यक्त गर्नुभएको हो ।

संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दलीय व्यवस्थामा यस्ता राष्ट्रिय एकता कहिलेकाँही मात्रै देख्न पाइने तर नेपालको सन्दर्भमा देशलाई अप्ठेरो पर्दा राष्ट्रिय एकता दिइहाल्ने गरेको र सबैले जिम्मेवारीबोध गर्ने अत्यन्तै राम्रो चलन रहेको बताउनुभयो ।

राष्ट्रियताको पक्षमा बौद्धिक समाज, नागरिक, सञ्चारमाध्यमलगायतले गरेका पहल पनि उदाहरणीय रहेको छ । कहिलेकाहीँ राष्ट्रिय एकताको व्यवधान नपर्ने गरी असहमति देखा पर्ने गरेको तर जनभावना देशलाई अघि बढाउने गरी असहमति नभएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।