
पूर्णपुष्टि, असोज २१
पर्सामा लागुऔषध अफिमसहति एक जना पक्राउ परेको छ । कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद पक्राउ परेको हो ।
गतराति साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ८ किलो धुलो आफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । खोवारीको घर खान्तलासी गर्दा अफिम लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
अफिमसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

