Tuesday, June 2News That Matters

अबदेखि आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने

पूर्णपुष्टि, चैत १७ ।

अव उप्रान्त जो कोहीले आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने भएको छ । भौतिक सामग्री होस् वा नगद कुनै पनि बस्तु अहिलेको विषम् परिस्थितिको नाममा संकलन गर्ने र वितरण गर्ने काम आफुखुसी गर्नेलाई सरकारले रोक्ने भएको हो । यस्ता सहयोग र संकलन जिल्ला प्रशासनलाई जानकारी गराई स्थानीय सरकारको माताहतका वडा संरचनामार्फत वितरण गर्ने गरी व्यवस्थित निती सरकारले ल्याएको छ । एकद्वार प्रणालीबाट संकलन र सहयोग वितरण गरेमा नदोहोरिने, पारदर्शी हुने र प्रभावकारी हुने भएकाले सरकारले यस्तो नीति अवलम्बन गरेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनुभयो । नेपाल सरकारले स्थानीय प्रशासनलाई परिपत्र गरिसकेको र यस्ता कार्य सरकारको नीति र निर्देशन बमोजिम गर्न र गराउन प्रशासन लागेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म यसबारे सरकारको स्पष्ट निती, निर्देशन नआइसकेकाले विभिन्न समुह, संस्था र व्यक्तिहरुले सहयोग संकलन र वितरणको काम गरिरहेका थिए । अवदेखि भने सहयोग र संकलनलाई व्यवस्थित गरिने भएको हो । यसकुराको सर्बसाधारणले स्वागत गरेका छन् ।