
पूर्णपुष्टि, असोज १५ ।
अबैधानिक ढंगले ल्याउदै गरेको ठूलो मात्राको सुर्तीजन्य बस्तु सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हे.क्या. त्रियुगा उदयपुरले हिजो बरामद गरेको छ । गणबाट खटिएको मोवाईल गस्तीटोलीले त्रियुगा नगरपालिका ६ लालपत्तामा बरामद गरेको हो ।
लहानबाट गाईघाटतर्फ आउदै गरेको बा.५ ख ५२६२ नम्बरको हाइस गाडीलाई चेकजाँच गर्ने क्रममा राजस्व स्टिकर नभएको दुई लाख रुपैया बराबरको ९ बोरा सुर्ती बरामद भएको थियो । सुर्तीसंगै वीलजिजक विनाको ६० थान प्लाष्टिकको बाल्टिन छ थान टीभी डिस्प्ले बरामद गरेको छ । प्लाष्टिकको बाल्टिन करिब १८ हजार र टिभि डिस्प्ले ४८ हजार बराबरको रहेको जनाइएको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको सामानहरु आवश्यक कारवाहीका लागि करदाता सेवा कार्यालय गाईघाटमा बुझाएको जनाएको छ ।
करदाता कार्यालय गाइघाटका प्रमुख सुमन बुढाथाेकीका अनुसार काेही मानिस सम्पर्कमा नअाएका कारण सामान वेवारिसे
वनेकाे छ । बेबारिसे सामान् बरामदकाे हकमा सामान् जफत गरि राखिने प्रमुख बुढाथाेकीले बताउनुभयाे ।
