
पूर्णपुष्टि, फागुन ४
उदयपुरको बेल्टारमा पनि रेडियो प्रशारण सञ्चालनमा आउने भएको छ । मंगलबार चौदण्डीगढी नगरपालिकाको मेयर खगेन्द्र राई र उपमेयर रिता कुमारी चौधरीले रेडियो चौदण्डीको उद्घाटन गर्नुभएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित टिम साथी नेटवर्क प्रालिद्वारा सञ्चालनमा ल्याईएको रेडियो चौदण्डीगढी ९४.४ मेगाहर्जको मेयर राई र उपमेयर चौधरीले संयुक्त उद्घाटन गर्नुभयो ।
६ जना सञ्चालक रहेको रेडियोको संयोजक सन्तोष रौनियार रहेका छन् । रेडियोको परिक्षण तथा प्रशारण भने आगामी बैशाखदेखि गरिने सञ्चालक समितिले जनाएको छ ।
रेडियोको उद्घाटन गर्दै मेयर राईले चौदण्डीगढी नगरमा पनि सञ्चारको इटाहरु क्रमश थपिँदै गएको बताउनुभयो । अहिलेको संञ्चारमय समयलाई मध्यनजर गर्दै बिभिन्न सूचनाहरु प्रचार गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको रेडियोले पनि नगरको आवाजलाई जनताको सूचना बनाउन टेवा पुराउने बताउनुभयो । उहाँले नगरबाट संञ्चार माध्यमलाई गर्न सक्ने सेवा सुविधा सहयोग प्रत्यक्ष रुपमा गर्ने बताउनुभयो ।
