
पूर्णपुष्टि,फागुन ४ । चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । पछिल्लो समय चर्चा कमाउकी खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।
आफ्नो सामाजिक सञ्जालमा उनले एक भिडियो सन्देश पोष्ट गर्दै सागरसँग विवाह गरेको बताएकी छन् । केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् ।
भिडियो सन्देशमा उनले भनेकी छन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रूपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरूले नै चाहनु भएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु । मलाई विश्वास छ । मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमान्लाई धेरै आशीर्वाद दिनुहोला ।’
