Tuesday, June 9News That Matters

अमेरिकन आईडल उपविजेता देबेश पोखरेलको नेपाली भिडियो सार्वजानिक

 पूर्णपुष्टि, फागुन २८

अमेरिकन आईडलबाट उपबिजेत बन्न सफल नेपाली युवा अर्थगन (देवेश पोखरेल) ले नेपाली म्युजिक भिडियो कागबेनी सार्वजानिक गरेको छ ।

उनि अमेरिकन आईडलको १८ औँ संस्करणमा प्रतियोगिताका लागि सहभागी भएका थिए । उनले आफ्नो प्रस्तुतिमा जर्जहरुलाई राम्रो ध्यानाकर्षण गराउन समेत सफल भए । आईडलबाट उनि प्रतियोगिताको उपविजेता समेत बन्न सफल भए । अर्थरगनले बिहीबार आफ्नो यूटुयुब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन । गीतमा शब्द र स्वर उनकै रहेको छ ।

गन डिभी परेपछि दिवेशका बुबा २००८ मै अमेरिका पुगेपनि उनले भने उच्च शिक्षा सम्मको अध्ययन नेपालमै सकेर २०१४ मा अमेरिका पुगेका थिए ।