Friday, May 22News That Matters

अमेरिकाद्धारा १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द

पूर्णपुष्टि, भदौ २५

अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमको कारण  देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको ट्रम्प प्रशासनले जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन ।

सन् २०१८ देखि २०१९ मा करिब तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए । चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेको संचारमाध्यले जनाएको छ ।

भिसा रद्द गरिएका विद्यार्थीलाई उच्च जोखिमयुक्त स्नातक विद्यार्थी र अनुसन्धन विज्ञहरु भनेर अमेरिकाको एक राज्य विभागकी प्रवक्ताले वर्णन गर्नुभएको संचारमाध्यमहरुले जनाएको छ ।