Sunday, May 17News That Matters

अमेरिका पठाउँछु भन्दै ७४ लाख बढी ठगी गरेको आरोपमा ३ जना पक्राउ

पूर्णपुष्टि, साउन ८

वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख भन्दा बढी ठगी गरेको आरोपमा पोखराबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा कपिलवस्तु वाणगंगा–४ का २४ वर्षीय विनोद भुसाल, पोखरा महानगरपालिका–२ मिरूवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा–१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

विगत दुई वर्षदेखि उनीहरूले पटक–पटक ठगी गरेको भन्दै पीडितले साउन १ गते ब्युरोमा उजुरी दिएका थिए । ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।