Saturday, June 13News That Matters

अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिसँगै नतिजा सुरु

पूर्णपुष्टि, कात्तिक १९

अमेरिकी राष्ट्रपति पदका लागी भएको मतदान सकिएको छ । मतदान सकिएसँगै केही ठाउँमा नतिजा आउन सुरु भइसकेको अन्तराष्ट्रिय संचारमाध्मले जनाएको छ ।
५० मध्ये १७ राज्यको नतिजा आउँदा डेमोक्रेट उम्मेदवार जो बाइडेन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् ।

बाइडेन पक्षका ८९ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ६३ प्रतिनिधि चुनिएका छन् । टेक्सस, कोलोराडो, नेब्रास्का, मिजुरी, इलिनाय, ओहायो, पेन्सिलवेनिया, नर्थ केरोलिना, न्यू हेम्पशायर लगायतका राज्यमा बाइडेन अगाडि हुनुहुन्छ ।
अहिले मतगणना चलिरहेको छ । अझै धेरै ठाउँको मतगणना हुन बाँकी भएकाले अहिले नै कसको जित हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । बहालवाल राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति समेत रहनुभएका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलेक्टोरल भोटलाई निर्णायक मानिनेछ । ब्याटल ग्राउण्ड भनिने यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।