Wednesday, June 10News That Matters

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले लुकायो

पूर्णपुष्टि, असोज २६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले लुकाएकोे छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गरेको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

यो भन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएको थियो । यो भन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताएको थियो ।
राष्ट्रपति ट्रम्पले पटक–पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै छ ।