Wednesday, May 20News That Matters

अमेरिकी राष्ट्रपति बाईडेनद्धारा एसियाली विरोधी जातिवादको निन्दा

पूर्णपुष्टि, चैत ७

अमेरिकाका राष्ट्रपति जो बाइडेनले एसियाली विरोधी जातिवादको निन्दा गर्नुभएको छ ।

एटलान्टा क्षेत्रमा गत मंगलबार भएको बन्दुक आक्रमणपछि एसियाली–अमेरिकी नेताहरुसँग जर्जियामा भएको भेटवार्तामा राष्ट्रपति बाईडेनले एसियाली विरोधी जातिवादको निन्दा गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

एटलान्टा क्षेत्रमा भएको आक्रमणमा ६ जना एसियाली महिलासहित आठ जनाको मृत्यु भएको थियो । आक्रमणलाई जातीय विभेदको आरोप लागे पनि प्रहरीले आक्रमणको कारण जातीय विभेद भन्दा पनि एसियाली विरोधी जातीय विभेद भनेको जनाईएको छ ।

पछिल्ला समयमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ ।

पूर्वी एसियाली विरुद्धको घृणाजन्य अपराध कोरोना महामारीसँगै उब्जेको र जातीय विभेदले अमेरिकालाई नै संकटमा पारेको राष्ट्रपति बाईडेनले बताउनुभएको जनाईएको छ । उहाँले यस्तो हुन नदिन अमेरिकी नागरिकले महत्वपूर्ण भूमिका निभाउनुपर्ने कुरामा पनि जोड दिनुभएको छ ।