Thursday, April 30News That Matters

अमेरीकाको सामुद्रिक आँधि र बाढीमा परि एकै परिवारका ३ नेपालीको मृत्यु

पूणर्पुष्टि, भदौ १८

अमेरीकामा आएको आँधी र बाढीमा परि तिन नेपालीको समेत मृत्यु भएको छ । तिन नेपाली एकै परिवारका हुन् । मृत्यु हुने नेपालीहरुमा  सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् जानकारी दिइएको छ ।

युनाईटेड शेर्पा एसोसयिसनले गरेको फेसबुक पोष्ट

अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनिहरुको अमेरिका स्थित आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीमा परि मृत्यु भएको हो ।बाढीमा परी तिन नेपाली सहित ३९ जनाको मृत्यु भएको छ । तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो । उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो ।

अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए । ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन् । बाढीमा केही कारहरू बगेका छन् ।