
पूर्णपुष्टि, जेठ ९ गते ।
शक्तिशाली अम्पुनको कारण भारत र बंगलादेशमा आएको बाढी र पहिरोबाट ८४ जनाको मृत्यु भएको छ । अम्पुन आँधीसँगै परेको वर्षाको कारण ८४ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।
आँधीसँगै परेको वर्षाले गर्दा हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको जईएको छ ।
बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको जनाईएको छ ।
