Friday, May 22News That Matters

अर्थ तथा संचार मन्त्रि खतिवडाद्धरा राजीनामा

पूर्णपुष्टि, भदौ १९

आज अर्थ तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्रि खतिवडाले राजीनामा दिनु भएको जनाईएको छ ।

आज दिउँसोको बसेको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिनुभएको खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गर्नुभएको थियो । त्यसपछि उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ हुनुभएको थियो ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्था अनुसार खतिवडाले राजीनामा बुझाउनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

२०७४ सालको फागुनमा अर्थमन्त्री हुनु भएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गत फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रो पटक सपथ लिनुभएको थियो ।

अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।