Monday, July 6News That Matters

अलपत्र परेका तिन बालकलाई अस्थाई संरक्षण केन्द्र सुनसरीमा पठाईयो

पूर्णपुष्टि, पुष १७ गते ।
झापाको बुद्ध शान्ति गाउँपालिका–३ बुधबारे बजारमा आईतबार बिहान अलपत्र अवस्थामा फेला परेका तिन बालकको उद्दार गरी अस्थायी संरक्षण केन्द्र सुनसरी पठाईएको छ ।

अलपत्र पर्ने बालक १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च लिम्बुलाई इलाका प्रहरी कार्यालय बुधबारे र स्थानीय जनप्रतिनिधिको समन्वयमा इटहरीमा रहेको स्थायी संरक्षण केन्द्रमा पठाइएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।