
पूर्णपुष्टि, फागुन १०
अवैध औषधी ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरको छ । बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र २ नम्बर वडाका १८ वर्षीय समीर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार एक सय ६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको चार सय ३६ ट्याब्लेट, स्टागन चार सय ४० ट्याब्लेट फेला परेको जनाइएको छ । त्यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट नगद पाँच हजार तीन सय २५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रदीपको साथबाट नगद एक लाख २९ हजार आठ सय २२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार सात सय ८० ट्याबलेट, स्टागन आठ सय ट्याब्लेट र नगद नगद ११ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको जनाएको छ ।
