
पूर्णपुष्टि, कात्तिक २७
उदयपुरको बेलकाबाट अवैध सखुवाको काठसहित एक जना पक्रउ परेको छ । बेलका नगरपालिका ९ खोरिया टोलका शशी थापा मगरलाई चिरान गरेको ९ थान बटमसहित मंगलबार राति ९ बजे प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेको प्रहरीको मोवाईल गस्ति टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । माछापुछ्रे सामूदायिक वनक्षेत्रबाट ७ फुटे ४–३ ईञ्चको बटमसहित मगर पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेको मगरमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मगरलाई आवश्यक कानूनी कारवाहीको लागि सव डिभिजन वन कार्यालय बेलका स्थित मैनामैनी पठाएको प्रहरीले जनाएको छ ।
