
पुर्णपुष्टि, माघ १९
असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उदयपुरमा काग्रेसले विरोध प्रदर्शन गरेको छ । काग्रेस लगाएत पार्टि भित्रका विभिन्न भातृ संगठनहरु नेपाल तरुण दल , नेपाल महिला संघ , नेपाल दलित संघ , ने.वि.संघ , नेपाल आदिवासी संघ , नेपाल थारु संघ , नेपाल संस्कृति संघ , नेपाल मगर संघ , नेपाल मुस्लिम संघ , नेपाल लोकतान्त्रिक अपाङ्ग संघ , नेपाल तामाङ संघ , नेपाल किसान संघ लगाएतका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका थिए ।
विरोध सभामा गाईघाट बजार स्थित ¥यालि प्रदर्शन गर्दै पिपल चोकमा कोण सभा गरिएको थियो । कार्यक्रममा नेपालि काँग्रेसका नगर सभापति विदुर बस्नेत, नेपाल महिला संघका सभापति लिला राई लगाएतले नेकपा असंवैधानिक अलोकतान्त्रिक संंसद विघटनको देश ब्यापि रुपमा चर्को विरोध गर्दै आई रहेको बताउनुभयो । यसै सन्दर्भमा उदयपुरमा पनि यसको विरुद्धमा कडा विरोध प्रदर्शन गरिएको उनिहरुले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उनिहरुले टिप्पणि गरे ।
५ वर्षका लागि जनताले चुनेर पठाएको नेकपाको दुई तिहाईको सरकारले ३ वर्षमै जनतालाइृ धोका दिएको र सडक संघर्षमा उत्रिन बाध्य बनाएको कोणसभामा बक्ताहरुले बताएका छन् ।
