Saturday, June 6News That Matters

असारदेखि नयाँ शैक्षिक सत्र

पूर्णपुष्टि, फागुन १६

आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ ।

ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो ।

नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वयनमा लैजान सरकारले आग्रह गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना निकालेर कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ को विद्यालय तहका पठनपाठन आउँदो वैशाख मसान्तसम्ममा सकेर सबै तहका परीक्षा जेठ मसान्तसम्ममा गर्न पनि निर्देशन दिएको छ ।

कोरोनाका कारण विद्यालयबाट स्थानान्तरण हुनु परेका विद्यार्थीलाई स्थानान्तरण भएर आउन चाहेको ठाउँको विद्यालयमा ब्यहोरासहित निवेदन दिन केन्द्रले आग्रह गरेको छ ।