
पूर्णपुष्टि, चैत २९ गते ।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारार्थ कोरोना भाईरस (कोभिड–१९) का संक्रमित दुई जना केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचारको क्रममा रहेका कोरोना सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले दुई दिनभित्र अन्तिम रिपोर्ट आउने छ । त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । टेकु अस्पतालमा अहिले कोरोना शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ ।
उक्त नौ जना मध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।
