
पूर्णपुष्टि, साउन २८
उदयपुरमा अहिलेसम्म एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ३० जना महिला र ७४ जना पुरुषमा संक्रमण पुष्टि भईसकेको हो ।
जिल्लामा गत बैशाख ५ गते पहिलो पटक भूल्केमा १२ जनालाई एकै साथ कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाको आठ वटा पालिका मध्ये चारवटै नगरपालिका र दुई वटा गाउँपालिकामा संक्रमण पुष्टि भईसकेको छ ।
अहिलेसम्म त्रियुगा नगरपालिकामा १६ जना महिला, ४५ जना पुरुष, बेलका नगरपालिकामा ९ जना महिला, २२ जना पुरुष, कटारी नगरपालिकामा ३ जना महिला, ४ जना पुरुष, चौदण्डिगढी नगरपालिकामा १ जना महिला, १ जना पुरुष, ताप्लि गाउँपालिकामा १ जना महिला, २ जना पुरुष र उदयपुरगढी गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
अहिलेसम्म रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छैन ।
