Monday, June 29News That Matters

अहिलेसम्म १३ देशबाट १५ सयभन्दा बढी स्वदेश फर्किए

पूर्णपुष्टि, असार ४ गते । 

अहिलेसम्म विश्वका विभिन्न् १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किएका छन् । कुवेतबाट चार उडानमार्फत ५ सय ९८, बंगलादेशबाट २ उडानमार्फत ४ सय १३, मलेसियाबाट १, म्यानमारबाट २६, यूएईबाट १ सय ६८ जना स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यस्तै जापान २ उडानमार्फत १३, अस्टे«लियाबाट ११, अफगानिस्तानबाट १८, ओमानबाट १ सय ६६, हङ्कङबाट ११, श्रीलंकाबाट ५, र माल्दिभ्सबाट १ सय ४९ जना स्वदेश फर्किएको जनाईएको छ ।

त्यस्तै आज मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्कंदै छन् । कुवेतबाट आममाफीमा सहभागी १ सय ५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने कुवेतमा रहेको नेपाली राजदुताबासले जनाएको छ ।

कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउनेछ । उनीहरु सबैजनालाई कोरोना जाँचसहित कुवेतले निःशुल्क ल्याइदिनेछ ।

त्यस्तै ओमानबाट १ सय ८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १ सय ८० नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ ।

त्यस्तै आजै मलेसियाबाट नेपालीहरु स्वदेश फर्कंदै छन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो । यो उडानमार्फत फर्कने नेपालीको संख्या भने खुलाईएको छैन ।