
पूर्णपुष्टि, बैशाख १
कोरोनाको दोस्रो लहरको डर नेपालमा पनि भईरहेको छ । गत बर्ष पनि चैत्र देखि नै नेपालमा पनि निकै त्रास रहेको कोरोना यो बर्षको चैत्रमा पनि दोस्रो चरणको सुरु भएको हल्लाले जनमानसमा निकै त्रास फैलिएको अवस्था छ ।
विद्यालयहरु बन्दको हल्ला पनि सुनिन्छ । तर प्रधानमन्त्रि केपी शर्मा ओलीले हाल सालै नेपालमा लकडाउनको जरुरी नरहेको बताउनुभयो भएको छ ।
अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन् । त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं ।’
लकडाउनको असर सबैले भोगि सकेको हुनाले मापदण्डको पालना गरी अवस्था बिग्रन नदिने गरी सुरक्षित भएर आफ्नो गतिविधि संञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।
