Monday, May 18News That Matters

आँखाको शल्यक्रिया सहित रौतामाईले गर्यो निशुल्क स्वास्थ्य सिविरको आयोजना

पूर्णपुष्टि, माघ २६

रौतामाई गाउँपालिकाले सल्लेमा निशुल्क ३ दिने स्वास्थ्य सिविरको आयोजना गरेको छ । नेपाल आई हस्पिटल त्रिपुरेश्वर काठमाण्डौको साझेदारीमा पालिकावासीहरुको स्वास्थ्य क्षेत्रलाई ध्यानमा  राखि चेक जाँच र स्वास्थ्य अवस्था सुधारका लागि सोमवार देखि सिविरको आयोजना गरेको पालिकाले जनाएको छ ।

पालिकाले आँखालाई पहिलो प्रथामिकतामा राखि सिविर संञ्चालन गरेको छ । मानिसको पहिलो र महत्वपूर्ण अंगको रुपमा रहेको आँखा स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण उपचार रहेको भन्दै आँखा अपरेसन सहितको सिविर संञ्चालन गरिएको रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । खड्काले आँखा सहित अन्य अंगहरुको पनि स्वास्थ्य उपचार रहेकोे बताउनुभयो । आखाँ बाहेक पनि सामान्य रुपमा शरिरका स्वास्थ्य अवस्थाको चेकजाँच गरिने अध्यक्ष खड्काले बताउनुभयो । उहाँले शरिरमा हुने सामान्य स्वास्थ्य समस्या ग्याँष्टिक, गानो, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो, रुघा, खोकी पनि चेक जाँच गरी औषधी उपलब्ध गराउने बताउनुभयो ।

सिबिरमा बिभिन्न किसिमका स्वास्थ्य समस्या भएको स्थानीयहरुले सहभागी जनाएको छ । पालिकाको ८ ओटै वडाहरुबाट स्थानीयहरुले सिविरको सेवा लिन आएका छन् । बिषेश गरी आँखा उपचारमा धेरैले सेवा लिएको छ । शल्यक्रिया सहितको आखाँ सिविर गाउँमै हुने भएपछि पालिकाको धेरै जेष्ठ नागरिकहरुले सिविरमा सेवा लिएको छ । सिविरमा अपाङग, बालबालिका, जेष्ठ नागरिकहरुलाई बिषेश निगरानी राखी सहजताका साथ सेवा दिएको छ । सिविर सँगै अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई  परिचय पत्र वितरण पनि यहिँ गरिने अध्यक्ष खड्काले बताउनुभयो ।

स्वास्थ्य सिविरलाई नेपाल आई हस्पिटल त्रिपुरेश्वर आँखा अस्पताल काठमाण्डौँले प्राविधिक र जनशक्ति सहयोग गरेको छ । डा. कमल बहादुर खड्काको नेतृत्वमा ३ दिनका लागि निशुल्क रुपमा खट्ने गरी प्राविधि सहयोग र जनशक्ति सहित त्रिपुरेश्वर आँखा अस्पतालको टोली पालिकामा आएको अध्यक्ष खड्काले बताउनुभयो ।

नेपाल आई हस्पिटल त्रिपुरेश्वरका मेडिकल डाईरेक्टर डा.कमल बहादुर खड्काले सिविरमा आँखा सम्बन्धि सामान्य उपचार देखि मोतिया विन्दु शल्यक्रिया समेतको सुविधा रहेको बताउनुभयो । डा. खड्काका अनुसार मोतिया विन्दुका कारण आँखा नेदेख्नेहरु शल्यक्रिया गरेपछि आँखा देख्न सक्ने भएको हुँदा शल्यक्रिया सहित आफुहरु सिविरमा सहभागी भएको जनाउनुभयो । उहाँले शल्यक्रिया पश्चात बिरामीहरुले खानु पर्ने १ महिना सम्मको औषधी, चस्मा लगायत आवश्यक समाग्रीहरु पनि उपलब्ध गराउने बताउनुभयो । सिविर संञ्चालनको पहिलो दिन मोतिया विन्दु शल्यक्रियाका लागि ५० जनाको नाम दर्ता भएको डा. खड्काले जनाउनुभयो ।सिविरमा कृषिको बिउविजन र पशुहरुलाई औषधी पनि निशुल्क रुपमा वितरण गरिएको छ । पालिकाको वडा नं ४ सल्ले माध्यामिक विद्यालयमा सिवर संञ्चालन भईरहेको छ । सिविरका लागि भवन उपलब्ध गराउने  विद्यालयलाई पनि पालिकाले धन्यवाद व्यक्त गरेको छ ।

सिविर ३ दिन संञ्चालन हुने र अझै बिरामीहरु थप भएमा १ दिन सम्म थपेर आँखा उपचार गर्ने पालिकाले जनाएको छ ।

सिविरका लागि ३ ओटा एम्वुलेन्स समेत परिचालन गरिएको छ । अपाङगता, जेष्ठ नागरिक र टाढा बाट सेवा लिन आउने र शल्यक्रिया गरेपछि हिँडेर जान समस्या हुने भएकाले त्यस्ता विरामीहरुलाई एम्वुलेन्सको समते व्यवस्था गरिएकोे छ । सिविरमा आँखाको लागि डा. कमल बहादुर खड्का र जनर ओपिडिका लागि डा.सरोज चौधरीले हेर्नु भएको छ ।

फोटो फिचर