Thursday, July 2News That Matters

आइभरीकोस्टका प्रधानमन्त्री कोलाबालीको असामयिक निधन

पूर्णपुष्टि, असार २५

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको असामयिक निधन भएको छ । मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका ६१ वर्षीय प्रधानमन्त्रि कोलाबालीको लगत्तै निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताउनुभएको छ ।  मन्त्रिपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेपछि प्रधानमन्त्रि कोलाबालीलाई अस्पताल लगिएको थियो । उहाँको अस्पतालमै निधन भएको हो ।

कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनाव अनिश्चित भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । गतको मे २ मा उपचारका लागि फ्रान्स गएर २ महिनापछि स्वदेश फर्किएको जनाईएको छ ।