Monday, April 20News That Matters

आइसोलेसनमा रहेकी २ बर्षिय बालिकाको मृत्यु

पूणर्पुष्टि, जेष्ठ १

बाजुरामा आइसोलेसनमा रहेकी २ बर्षिय बालिकाको मृत्यु भएको छ ।  हस्पिटलमा उपचारकै क्रममा शनबिार राति करबि २ बजे उनको मृत्यु भएको अस्पतालका मेडकिल सुपरटिेन्डेन्ट डा. रुपचन्द्र बिकले बताउनुभयो । कैलालीका गौरफिन्टा नाकाबाट उनीहरु ८ दिनि पहिले आएका थएि,’ गाउँको क्वारेन्टाइनमा ४ दनि बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको थियो ।’

अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको उनले बताए । ‘सुधार भएको थिएन । स्वास फेर्न कठिन थियो मुटुको चाल बढेको थियो,’ उनले भने । शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको उनले बताए ।

१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताए । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताए ।  बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।