
कात्तिक ३ गते ।
नेपाल राष्ट्र बैंकले आईतबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८० पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ ।
रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ भने वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २४ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको छ ।
