
पूर्णपुष्टि, बैशाख १७
आईसियु अभावमा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै एक संक्रमितले ज्यान गुमाएको छ । आईसियु बेड खाली नभएपछि वार्डमै बिरामीको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा बिरामीहरुले चरम मुत्यु बेहोरी रहेको अवस्था छ ।
इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९ः२८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए ।
तर बेड खाली नहँुदै उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ । गएको २४ घण्टामा मात्रै रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा २५ सय ५२ जना सक्रिय संक्रमित छन् ।
