
पूर्णपुष्टि, असार २७
सर्प घिस्रेर हिड्ने जिव हो । तर हावामा उड्छ भन्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ । खासगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प भेटिन्छन् ।
भर्जिनिया टेकका वैज्ञानिकहरुले यसबारे अनुसन्धान सार्वजनिक गर्नु अघि मानिसलाई सर्प कसरी उड्न सक्छन् भन्ने थाहा थिएन ।
अनुसन्धान टोलीका प्रमुख आइज्याक यटोनका अनुसार सर्पहरुले हावामा एक आवृत्ति बनाएर तिव्र गतिमा उड्छन् । र उनीहरु यही कुरा पत्ता लगाउन उत्सुक थिए ।
उनीहरुलाई यसबारे आधारभुत जानकारी थियो । तर २० वर्षदेखि सर्पबारे अध्ययनरत जेक सोकाको सहायताबाट यो कसरी उड्छ भन्ने ज्ञान भएको यटोनले बताएका छन् । वैज्ञानिकहरुले अध्ययनबाट सर्प तल र माथि गर्दै हावामा तैरिएर उड्ने तथ्य भेटाएका थिए । एक किसिमको आकार बनाएर सर्पले हावामा गति निकाल्ने उनीहरुको निष्कर्ष छ ।
वैज्ञानिकहरुको एक पूर्वानुमान के थियो भने, लाखौँ वर्ष लगाएर सर्पहरुले उड्ने एक तरिका बनाएका छन् । तर सर्पहरुले उड्न अपनाउने ‘अनडुलेसन’ विधिले उनीहरुलाई सन्तुलित बनाउने गर्छ । अर्थात्, सर्पहरुको ‘ग्लाइड’लाई स्थिर बनाउँछ र खस्नबाट बचाउँछ । साथै उनीहरु तेस्रो बनेर उड्ने गर्छन् ।
भर्जिनिया टेकका वैज्ञानिकहरुले यसबारे कम्प्युटेसनल मोडेल समेत तयार पारेका छन् । यसबारे पूर्ण अनुसन्धान नेचर फिजिक्स जर्नलमा विस्तृतमा प्रकाशन भएको छ ।
