
पूर्णपुष्टि, फागुन १०
उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीमा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।
स्थानीय कमल राईको घारमा हिजो दिउँसो करिब साढे ३ बजे घरमा कोहि नभएको बेला एक्कासी आगलागी हुदा घरसहित घरभित्र रहेको अन्नपात, करिब डेढ तोला सुन, ५० हजार नगद र भैँसी, सुगुर, बाख्रा एक–एक वटा, कागजपत्र र एउटा चर्पी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब २० लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको जनाईएको छ ।
