
पूर्णपुष्टि, असार १५
भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी ३ वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
हिजो भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको राति बालिकाको मृत्यु भएको प्रहरीको जनाएको छ ।
घरमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । घर पूर्ण रुपले जलेर नष्ट हुदा करिब १७ लाख रुपैयाँ बराबदारको क्षति भएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
