Friday, June 26News That Matters

आगलागी हुदा १२ वटा माइक्रोबस जलेर क्षेती

पूर्णपुष्टि, असार २१

काठमाण्डौको नयाँ बसपार्कमा आज बिहान आगलागी हुदा १२ वटा माइक्रोबसमा जलेको छ ।

ग्यारेजभित्र बिहान करिब ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६,  बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९,  बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।